रुस्दीको हमलाको निन्दा गर्दा जेके रोलिङलाई ज्यान मार्ने धम्की

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की आएको छ । रोलिङले भनिन्, ‘डरलाग्दो खबर । अहिले धेरै बिरामी महसुस गरिरहेकी छु । उहाँलाई ठीक हुन दिनुहोस् ।’

उनको पोस्टमा एक एक ट्विटर प्रयोगकर्ताले उनलाई ‘चिन्ता नगर्नुहोस्, अब तपाइँको पालो’ लेखेपछि लेखिकाले त्यसको जवाफको स्क्रिनसट पोस्ट गरेकी छिन् । सुरक्षा चिन्ता उठाउँदै रोलिङले यसबारे ट्वीटरलाई रिपोर्टसमेत गरेकी छिन् । ‘सहयोगको कुनै मौका छ ?, उनले सोधेकी छिन् ।

उनीबारे आएको चेतावनीको प्रहरीले अनुसन्धान गरिरहेको छ । रुस्दीमाथि भएको हमलाको चौतर्फी निन्दा भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?