युवा उद्यमी कंडेलद्वारा काठमाडौं-५ मा उम्मेदवारी घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी बिजय कंडेलले काठमाडौं क्षेत्र नम्बर-५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सोमबार बिहान सामाजिक सन्जाल मार्फत उम्मेदवारी घोषणा गर्दै कंडेलले देशमा ब्याप्त विकृती अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरि देश विकासका लागि समग्र युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।

'राजनीतिक परिवर्तनमा हामीले अग्रगामी छलाङ मार्यौ, तर नागरिकको जीवनस्तर जहाको त्यही रह्यो,' कंडेलले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ, 'लोकतन्त्र आयो, तर भुइमान्छेहरुले त्यसको महशुस कहिल्यै गर्न पाएनन ।' यस्तो अवस्था अन्त्यका लागि आफू नेतृत्व लिन अघि सरेको कंडेलको भनाइ छ ।

करिब चार दशक लामो जीवनमा देश बिदेश घुम्ने, काम गर्ने र सिक्ने अवसर मिलेको बताउँदै कंडेलले आफ्नो अनुभव र सिपका आधारमा रास्ट्रनिर्माणमा लाग्न तत्पर रहेको बताउनुभयो ।

काठमाडौंको बालुवाटार निवासी कंडेल विभिन्न सामाजिक गतिविधि र ब्यापार व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म लगायतका व्यवसाय संचालनमा छन ।

यसअघि उहाँले काठमाडौंलाई धुलोरहित बनाउन 'जाग्यो नेपाल' अभियानको नेतृत्व गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?