वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

Read Time = 2 mins

लन्डन । घरेलु टोली वेस्ट इन्डिजले तेस्रो तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । योसँगै तीन टी-२० आई खेलमा २-१ ले न्युजिल्यान्डले जितेको छ ।

जितका लागि १४६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किङले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनको इनिङ खेल्नुभयो । अर्का ओपनर शम्राह बु्रक्सले ५९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाउनुभयो ।

पहिलो विकेटका लागि ओेपनर ब्रेन्डन किङ र बु्रक्सले १३.१ ओभरमा १०२ रनको शतकीय साझेदारी गर्नुभयो । कप्तान रोभम्यान पावेल १५ बलमा २ चौका र २ छक्कासहित २७ रनमा अविजित रहनुभयो । न्युजिल्यान्डका टिम साउथी र इश सोधीले एक/एक विकेट लिनुभयो ।

त्यसअघि सविना पार्क जामिकामा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४१ रन बनाउनुभयो ।

ओपनर मार्टिन गुप्टिल १५, डेभन कन्वे २१, मिचेल सान्टनर १३, केन विलियम्सन २४, डर्याल मिचेल १४ र जेम्स निसम ६ रनमा आउट हुनुभयो । वेस्ट इन्डिजका ओेडेन स्मिथले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिनुभयो । यसअघि भएका पहिलोे र दोस्रो खेलमा न्युजिल्यान्ड १३ र ९० रनले विजयी भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?