काठमाडौं । हिमालयन बैंकको विवाद फेरि अदालतमा पुगेको छ । बैंकको सर्वसाधारण सेयरधनीको अनुपात नेपाल राष्ट्र बैंकको नियमअनुसार ३० प्रतिशत पुर्याएरमात्र साधारणसभा गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो । हिमालयन बैंकको कुल सेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशतमात्रै छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा९(१) र ९(४) बमोजिम सर्वसाधारण सेयरधनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हुनेगरी बैंकको पुँजी संरचना व्यवस्थित गरेरमात्रै साधारणसभा गर्न र सर्वसाधारणबाट सञ्चालक चयन गर्न माग गर्दै एक सञ्चालकले मुद्दा दायर गरेका हुन् ।
मुद्दामा बैंकका केही निहित स्वार्थ भएका सञ्चालकले सर्वसाधारण सेयरधनीतर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोपसमेत लगाइएको छ ।
यसअघि पनि हिमालयन बैंकको सञ्चालक विवाद पटक-पटक अदालतमा पुगेको थियो । हिमालयन बैंकमा स्थापनाकालदेखि नै निजी क्षेत्रबाट चार समूह संस्थापक सेयरधनी मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालय शमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलिम अम्लानी रहेका छन् । चार संस्थापक सेयरधनीबाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण सेयरधनीसमेत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच