इटहरी
तामाङ ऎतिहासिक 'थाकथलो किपट'को कथामा निर्माण भएको नेपाली चलचित्र 'अभियान'को पोस्टर, ट्रेलर र एक गीत सार्बजनिक गरिएको छ । सनिवार इटहरीमा एक पत्रकार सम्मेलन गर्दै फिल्मको पोस्टर, ट्रेलर र एक गीत सार्बजनिक गरिएको हो । पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका टिम सहित प्रदेश १ का कलाकर्मीको समेत उपस्थिति रहेको थियो ।
चलचित्रमा स्व.जयनन्द लामाको समेत प्रमुख भुमिका रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा लामाको सम्झनामा दियो बाल्दै मौन धारण गरिएको थियो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरलाई युट्युबमा भने ओएसआर डिजिटलबाट सार्बजनिक गरिएको छ ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले 'अभियान' निर्माणका क्रममा ५५ लाख लगानी लागेको जानकारी गराउनु भयो । कोशी भिजन फिल्म्सको ब्यानरमा बनेको चलचित्रकी निर्माता मैना घिसिङ हुन्नुहुन्छ। चलचित्रको ट्रेलर सार्बजनिक गरिए पनि प्रदर्शन मिति भने तय भएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच