भोजपुरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार

Read Time = 4 mins

-निरोज कोइराला
भोजपुर । विपद्को समयमा समुदायमा खोज तथा उद्धारका लागि सहजता कायम गर्नका लागि भोजपुरमा बिपद पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला बिपत ब्यवस्थापन समितिको बैठकले आर्थिक बर्ष ०७९/०८० का लागि बिपद पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको हो । बिपद कति बेला पर्ने हो थाहा नहुने भएकाले पूर्वतयारी पनि आवश्यक भएकाले योजना नै तयारी गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

“बिपद जोखिम न्युनीकरण तथा ब्यवस्थापन ऐन अन्तर्गत केन्द्र देखि जिल्ला तहसम्म नै समिति निर्माण भएको छ, सोही अनुसार जिल्ला तहमा पनि कार्य योजना तयारी गरी लागू गर्न जरुरी रहेकाले भोजपुरमा पनि कार्ययोजना बनाई स्वीकृत गरिएको हो ।” प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो । जिल्लाको बिपद प्रतिकार्य योजना तयारी गरी लागू गर्ने, जिल्ला स्तरमा रहेका आपतकालिन कार्य संचालन केन्द्रहरु संचालन गर्ने, उपलब्ध श्रोत साधनको प्रयोग गरी बिपद प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका कार्य गर्ने जिम्मेवारी जिल्ला बिपद ब्यवस्थापन समितिको भएकाले सोही अनुसार प्रतिकार्ययोजना निर्माण भएको छ, प्रजिअ घिमिरे भन्नुहुन्छ । यस्तै बैठकले भोजपुरमा रहेका नौ वटै पालिकाहरुको प्रमुखको अध्यक्षतामा स्थानीय बिपद ब्यवस्थापन समिति गठनको प्रावधान रहेकाले गठन नभएकामा गर्ने र भएकाहरुले कामको बिवरण सहित जिल्ला बिपद ब्यवस्थापन समितिलाई उपलब्ध गराउने साथै स्थानीय स्तरमा पनि बिपद पूर्वतयारी प्रतिकार्य योजना निर्माण गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्राप्त पत्रानुसार मनसुनजन्य बिपदको कारणले जिल्लामा भएको घरको पूर्ण क्षति भई बस्न नमिल्ने र अन्यत्र स्थानान्तरण गर्नु पर्ने अवस्थामा भएका घरहरुको साविकमा सिफारिस भई आएको ब्यक्तिहरुको घर निर्माण प्रक्रिया अगाडी बढाउन स्थानीय पालिकाहरुले तोकिएको कागजात तयारी गरी सिफरिस गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै बैठकमा जिल्लाको षडानन्द नगरपालिका १४ बोयाको बिहिवारेमा भएको आगलागीमा परि मृत्यु भएकी बालिकाको परिवारलाई राहत स्वरुप २ लाख प्रदान गरिएको, घर आगोलागी तथा च्याङमा परेकाको परिवारलाई अहिलेसम्म ३ लाख ११ हजार राहत प्रदान गरिएको साथै जिल्ला अस्पताल भोजपुरलाई १० वटा वेड खरिद गरी हस्तान्तरण गरिएको पनि जानकारी दिईयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?