सिस्डोल पुगेर मेयर बालेनको घोषणा : फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता दिन्न

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गर्नुभएको छ । साहले औपचारिक विजयी घोषणा भए लगत्तै सक्रियता देखाउनुभएको हो ।

शुक्रबार धन्यवाद सभा सकेर ल्यान्डफिल्ड अवलोकन गरेपछि उहाँले महानगरमा फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको छ ।

‘फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव मनाउँदिनँ। खादा र माला पनि लाउने छैन,’ उहाँले भन्नुयो, ‘यो समस्या समाधान नभएसम्म अन्तर्वार्ता समेत दिने छैन।’

बालेन शुक्रबार बिहान मात्र स्वतन्त्रतर्फबाट पहिलोपटक काठमाडौं महानगरको मेयरमा विजयी हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?