शिवशिखर सहकारीबाट ठगिएको भए जाहेरी दिन कैलाली प्रहरीको आग्रह

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरीका लागि प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रहरीले एक सूचना जारी गर्दै सहकारीले ठगी गरेको भए आवश्यक कागजातका साथमा कैलालीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरेको छ ।

सूचनामा सहकारीले साँवा ब्याज फिर्ता नगरेको लगायतका ठगी गरेको भए जाहेरी दरखास्त पेश गर्ने प्रयोजनार्थ आ-आफ्नो नागरिताको प्रतिलिपी, पासबुकलगायतका प्रमाणहरु साथमा जाहेरी दिन आग्रह गरिएको छ ।

सुचनामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा दिएको जाहेरीको आधारमा सहकारी ऐन २०७४ बमोजिमको कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको समेत उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?