जनआकाश साप्ताहिकको १५औं वार्षिक उत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान

Read Time = 3 mins

काठमाडौं । जनआकाश साप्ताहिकको १५औं वार्षिक उत्सवमा विभिन्न कलाकाकर्मीलार्ई सम्मान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा मंगलबार राजधानीमा गरिएको विशेष कार्यक्रममा कलाकार, पत्रकार, खेलाडी, इञ्जिनियर, रामेछापका निर्वाचित नगरप्रमुख उपप्रमुखहरूलाई सम्मान गरिएको हो ।

जनआकाश साप्ताहिकका सम्पादक मोहन कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतको उपस्थिति थियो ।

सम्मानित हुनेहरूमा वरिष्ठ हास्यकलाका सुभास गजुरेल, उत्तम केसी, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे, गीतकार अम्बिका बस्नेत, साहित्यकार विनोद नेपाल, पत्रकार नेपाल भूषण न्यौपाने, हास्यकलाकार शिवशंकर रिजाल, भिडियो सम्पादक प्रेम शर्मा पौडेल, कलाकार लक्ष्मीनाथ तिमल्सिना, नायक सीतल केसी, कलाकार सविता खड्का, गायत्री पाण्डे, विजेन्द्र नौबागे, चिन्ताबहादुर कार्की, कल्पना कार्की, श्रुती कार्की, प्रतिक्षा राई, मोहन कार्की, उषा गजुरेल, क्यामेरामेन विजय जिरेल रहनुभएको छ । सो कार्यक्रममा कलाकारका साथमा लेखापरिक्षक सुनिल बस्नेत, लेखक तिलकबहादुर लुइँटेल, निर्देशक मीनकुमार मुक्तान र युवा वैज्ञानिक शिशिर जिसीलगायतलाई पनि सम्मानित गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारको हकहितका लागि सरकारले विभिन्न प्याकेज निर्माण गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?