तयारी प्रशिक्षणलाई सफ्ट टेनिस सामग्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी पाँच प्रदेश र दुई विभागीय टोलीलाई खेल सामग्री प्रदान गरेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपिएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामग्री प्रदान गरिएको हो ।

विश्व सफ्ट टेनिस महासंघका अध्यक्षसमेत रहनुभएका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले एक कार्यक्रमबीच खेल सामग्री हस्तान्तरण गर्नुभयो । सोही अवसरमा पूर्वसफ्ट टेनिस खेलाडी एवं आइएसटिएफका निर्देशक अशोक सिंहलाई एसएसपीबाट डिआइजीमा बढुवा भएकोमा सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?