राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतमा लैजाने तयारी भएको छ ।

फोक्सोमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेललाई परिवारले नै भारतमा उपचारका लागि लैजान चिकित्सकसँग आग्रह गरेका हुन् ।

स्रोतका अनुसार चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य जाँच र प्रयोगशाला परीक्षणका रिपोर्ट हेरेर यस विषयमा निर्णय लिन सक्ने छन् ।

परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले पनि एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो। संभवतः पौडेललाई आजै एयर एम्बुलेन्समार्फत भारत लगिनेछ ।

राष्ट्रपति पौडेलको निजी चिकित्सक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम लगायतको टोली उहाँको उपचारमा संलग्न छन् ।

केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो। यसअघि चैत १८ गते अस्पताल भर्ना भएर उहाँ २२ गते डिस्चार्ज हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?