हलिउड निर्देशक पिटरसनको निधन

Read Time = 1 min

एजेन्सी । चर्चित हलिउड निर्देशक उल्फग्यांग पिटरसनको ८१ वर्षमा निधन भएको छ । पिटरको गत शुक्रबार आफ्नो ब्रेन्टबुडस्थित घरमा निधन भएको हलिउड मिडियाले जनाएका छन् । पिटरसनका प्रतिनिधि मिशेल बेगाले उहाँ क्यान्सरबाट पीडित रहेको जानकारी दिनुभएको छ ।

जर्मनीमै जन्मियर १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशन करियर सुरु गनु भएका पिटरसनले १९८१ मा निर्देशन गरेको ‘दास बुट’लाई अन्तर्राष्ट्रियस्तरको ख्याति मिलेको थियो । यो फिल्म दोस्रो विश्व युद्धमा आधारित थियो । उहाँ ओस्कारमा ६ पटक नोमिनिजमा पर्नुभएको थियो । दुईपटक वेष्ट निर्देशक र दुईपटक वेष्ट स्क्रिन प्ले पनि थियो ।

उहाँका चर्चित चलचित्रहरू दास बुट, एअर फोर्स वन, ट्रोय, पोसेइडन, द परफेक्ट स्ट्रोम हुन् । पहिले जर्मन चलचित्र बनाउने गरेकोमा उहाँ पछि हलिउड चलचित्रमा निर्देशकको अलवा निर्माण तथा स्क्रिप्ट लेखनमा सक्रिय हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?