नेमोनिक र बुद्ध फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेमोनिक र बुद्ध एकेडेमी पाँचौँ बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८-३७ ले हरायो । नेमोनिकको जितमा प्रवेश तामाङले ३८ अंकको योगदान गर्नुभयो । निरन लामाको १७ अंकको सहयोगमा बुद्धले प्रिमियरलाई ५३-४२ ले हरायो ।

गल्र्समा निस्ट र ड्याफोडिलले उपाधि भिडन्त पक्का गरे । निस्टले आयोजक बिआइएसमाथि ३०-२९ को कठिन जित दर्ता गर्‍यो । निस्टकी पूर्णिमा बरालले १६ अंक जोड्नुभयो । ड्याफोडिलले द चाँदबाग स्कुललाई २७-२४ को साँघुरो अन्तरले पाखा लगायो । विजेताकी दावा फुटी शेर्पाले १० स्कोर गर्नुभयो ।

आर्मी क्वाटरफाइनलमा
नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१-८५ अंकले पराजित गर्‍यो । जितसँगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अंक जोड्नुभयो ।

पहिलो क्वाटरमा २६-२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रहृयो । अन्य क्वाटरमा आर्मीले क्रमशः २६-११, २२-२० र २७-२५ स्कोर गर्‍यो । पुरुषमै गोल्डेनगेट पनि क्वाटरफाइनलमा पुग्यो । गोल्डेनगेटले शंकरदेव क्याम्पसलाई ७३-६३ ले हराउँदै समूह ‘ए’ को विजेता भयो । गोल्डेनगेटका अभिषेक सिंहले २५ अंक जोड्नुभयो । गोल्डेनगेट पनि पहिलो क्वाटरमा ११-१९ ले पछि थियो । बाँकी तीन क्वाटरमा अग्रता लिँदै गोल्डेनगेटले जित सुनिश्चित गर्‍यो । गोल्डेनगेटले दोस्रोमा २३-२१, तेस्रोमा २७-१६ र चौथोमा १२-७ अंक जोड्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?