धुर्कोट गाउँपालिकाको वडा अध्यक्षमाथि आक्रमण, उपचारका लागी काठमाडौं लगीयो

Read Time = 2 mins

रुपन्देही । धुर्कोट ४ जैशिथोकका अध्यक्षका उम्मेदवार गोपाल थापामाथी माओवादी कार्यकर्ताद्वारा आक्रमण गरिएको छ ।
गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरि गफ गरेर बसिरहेको अवस्थामा उनिहरुले आक्रमण गरेका हुन । रक्सिको बोतल, हेल्मेट, ढुंगा र फलामका रडले आक्रमण गर्दा वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गोपाल थापालाई टाउकोमा गम्भीर चोट लागेको छ ।
त्यस्तै घाइते हुनेमा निरन्जन कुवँर, सन्जय लगायतका युवा गम्भिर घाइते भएका छन् ।
घटनास्थलमा संगै भएका गणेश भण्डारीका अनुसार उनिहरुले मदिरा सेवन गरि आएर ज्यान मार्ने सम्मको धम्की दिदैँ टाउकोमा र शरिरमा गम्भीर चोट लागेको छ । दिउँसो मात्र गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्र प्रसाद भण्डारीमाथी नयाँगाउँमा माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।
घाइतेहरुलाई जिल्ला अस्पताल बाट काठमाडौ रिफर गरिएको छ । मतगणना अन्यौलमा परेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो । माओवादी नेता भुपाल पोख्रेलले घटनाको जिम्मा नलिए सम्म गणना गर्न नदिने कांग्रेसले निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?