आयरल्यान्डलाई अफगानिस्तानविरुद्धको सिरिज

हिमालय टाइम्स
Read Time = 3 mins

कराँची । घरेलु टोली आयरल्यान्डले अफगानिस्तानविरुद्धको पाँच टी–२० अन्तर्राष्ट्रिय (आई) खेलको सिरिज जितेको छ । निर्णायक तथा पाँचौँ टी-२० आई खेलमा आयरल्यान्डले अफगानिस्तानलाई डकवर्थ लेविस पद्धतिका आधारमा ७ विकेटले हराउँदै सिरिज ३-२ ले जित्न सफल भएको हो ।

वर्षाले प्रभावित खेलमा आयरल्यान्डले ५६ रनको विजयी लक्ष्य ६.४ ओभरमा तीन विकेट गुमाउँदै दुई बलअगाडि नै पूरा गर्दै सिरिज जित्यो । अन्तिम ६ बलमा ७ रन चाहिएको अवस्थामा जर्ज डोकरेलले फरिद अहमदलाई तेस्रो बलमा चौका प्रहार गर्दै जित सहज बनाउनुभयो ।

आयरल्यान्डका ओपनर पउल स्टर्लिङ १६, कप्तानी एन्डी बलबर्नी ९, लोर्कान टकर १४, हृयारी टेक्टर ९ र जर्ज डोकरेलले ७ रन बनाउनुभयो । योसँगै स्टर्लिङले टी-२० आइमा तीन हजार रन पूरा गर्नुभएको छ । भारतका रोहित शर्मा, विराट कोहली, न्युजिल्यान्डका मार्टिन गुप्टिलपछि टी-२० आईमा तीन हजार रन बनाउने स्टर्लिङ चौथो खेलाडी हुनुहुन्छ । अफगानिस्तानका मुजिब उर रहमानले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो । लामो समय वर्षा हुँदा डकवर्थ लेविस पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।

अफगानिस्तानका उस्मान घानीले ४० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाउनुभयो । हज्रातुल्लाह जजाई र नाजिबउल्लाह जद्रानले समान १० रन बनाउनुभयो । आयरल्यान्डका मार्क आदिरले २ ओभरमा १६ रन खर्चेर ३ विकेट लिनुभयो । जोश लिटिलले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिनुभयो ।

पहिलो र दोस्रो खेलमा आयरल्यान्ड ७ विकेट र ५ विकेटले विजयी भएको थियो । तेस्रो र चौथो खेलमा अफगानिस्तान २२ रन र २७ रनले विजयी भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?