✍️ नारायणबहादुर गुरुङ
कुतुब मिनार हेर्न टिकट काट्नुपर्ने रहेछ । म मानिसहरू जहाँ लाइन लागिरहेको थिए त्यहीँ नै लाइन लागेँ र पालो आएपछि हिन्दीमा चारवटा टिकट मागेँ । उसले पनि खुरुक्क भारु ४० को दरले टिकट दियो । विदेशी र सार्क राष्ट्रहरूका लागि भने यस्तै भारु ६०० रहेछ । १५ वर्ष मुनिकालाई पनि टिकट नलाग्ने रहेछ । ताजमहल र जयपुरमा पनि १५ वर्षमुनिकालाई टिकट नलाग्ने रहेछ । दिल्लीमा डिडिसी बसको उपद्रो बारेमा भारतीय पत्रिकामा पढेको थिएँ । यसपल्ट हामीले प्रत्यक्ष अनुभव गर्यौं । कुतुब मिनारको टिकट काटेपछि जेब्राक्रसबाट म, मेरी पत्नी र जेठी नातिनी यशस्वी बाटो काट्दै थियौं अकस्मात देब्रेतिर हुँइकँदै आएको डिडिसी बसले झण्डै किचेको । नातिनीलाई घिसार्दै नदौडेको भए जे पनि हुन सक्थ्यो ।
हजार वर्षअघि दासबंशका सुल्तान (राजा) कुत्बुदिनऐवकले निर्माण गर्न थालेको कुतुव मिनार इस्लामाकिक वास्तुकलाको अद्भूत नमुना रहेछ । अहिले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको रहेछ । त्यसपछि आधुनिक सिटीवाल्क मलमा घुमेर साथी अशोक जैनको घरमा गयौं । रातिको खाना उहाँहरूले नै तयार गर्नुभएको थियो । दिल्लीमा प्रशस्त रूखहरू र पार्कहरू रहेछन् । बाटाघाटाहरू पनि फराकिला राम्रै देखिन्थे । मलाई खड्केको चाहिँ फुटपथ हो । फुटपाथ भए पनि हिँड्न सहज नहुने । यस्तो अवस्था आग्रा र जयपुरमा पनि देखियो । होटलदेखि यताउता फुटफाथ भएर पैदल घुम्न कहिँ पनि सजिलो रहेनछ ।
सूर्यास्त यमुना नदीपारि ताजमहलको पछाडि मेहतब बागबाट हेरिने रहेछ । यहाँ पनि भारतीय पर्यटक सरह भारु २५ प्रतिव्यक्ति खुरुक्क टिकट दियो । पछाडिबाट पनि ताजमहल राम्रो देखिँदो रहेछ । हामी पुग्दा ढिला भइसकेछ, सूर्यास्त देख्न पाइएन ।
यहाँ पसल र खाना खाने ठाउँ हाम्रो नेपालमा वा चीनमा झैँ छ्याप्छ्याप्ती नभेटिने रहेछन् । या त हाम्रो बानी बिग्रेको हो कि यी तीन ठाउँका शहरहरूमा अभ्यस्त हुन निकै समय लाग्छ होला । बाटाको दुवैपट्टि झ्याम्म परेका रूखहरूले सडक त्यति उज्यालो नहुने, फूटपाथबाट हिँड्न नस्किने हुनाले अँध्यारो भएपछि बाहिर पैदल हिँड्न सुरक्षित नहुने अनुभव भयो । अंग्रेजले भौतिक संरचनाहरू निकै राम्रो र सुविधाजनक बनाइदिएको जताततै देखिन्थ्यो ।
तेस्रो दिन बिहान सात बजे आग्राका लागि प्रस्थान ग¥यौं । बाटामा निकै सुनिरहने नोइडा पर्दोरहेछ । यो आठ लेनको राजमार्ग यमुना एक्स्प्रेसको नामले चिनिन्छ । चीनको काउसु (एक्स्प्रेस वे) सँग तुलना गर्न नमिले पनि दिल्लीदेखि नोइडा, आग्रा आउजाउ गर्न सजिलो छ । पूरै भागमा गाडी निकै कम देखिन्थे । चीनमा देखिने औद्यौगिक सामानहरू बोकेर आउजाउ गर्ने कन्टेनर ट्रकहरू कतै देखिएनन् । बरू हाइवेमा मोटरसाइकल, टेम्पो र ट्याक्ट्ररहरू फाट्टफुट्ट देखिन्थे । कहिलेकहिँ त विपरीत दिशाबाट ट्याक्ट्रर र साना मालबाहक गाडीहरू आउँथे । गाडीहरूले लेन बद्ल्दा अनिवार्य बल्नुपर्ने इन्डिकेटर लाइट पनि बालेको देखिएन ।
यस हिसाबले एक्स्प्रेसवे एक्स्प्रेसवे अनुसार व्यवस्थापन नभएको जस्तो लाग्यो । करिब दुई घण्टापछि नास्ता खाना हातमुख धुन सर्बिस सेन्टरमा रोकियौं । स्टारबक, किङ बुर्गरहरू पनि उपलब्ध रहेछन् तर पैसा तिर्दा र खुद्रा फिर्ता लिन भने चनाखो हुनुपर्ने रहेछ । लागेको थियो नोइडा निकै ठूलो औद्यौगिक शहर हो तर त्यस्तो केही पनि देखिएन । दुवैतिर खेतैखेत कतैकतै फाट्टफुट्ट केही घर देखिए पनि गाउँसमेत देखिएन । करिब २४५ किलोमिटर लामो यस बाटोमा कतै पनि भनेजस्तो अर्को सडकले बाटो काटेको देखिएन । विशुद्ध कृषिभूमि रहेछ । नोइडामा फिल्मसिटी छ रे जहाँ ठूलठूला हिन्दी फिल्मका हस्ती बस्छन रे ।
हिन्दुहरूबीच भगवान कृष्णको त्यत्रो महिमा छ । त्यसैले पहिल्यै गएको भए पनि उहाँको जन्मस्थान मथुरा जाने इच्छा थियो । साथीले मथुराभन्दा बृन्दावनमा गएर त्यहाँको प्रसिद्ध बाँकेबिहारी मन्दिरमा जान सिफारिस गर्नुभयो । आग्रा पुग्नुअगाडि मूलबाटोबाट छुट्टिएर गएपछि पुगिँदो रहेछ । कृष्णचरित्रको कथा सुनेको, महाभारत टिभी सिरियल हेरेको भएर होला मेरो मनमा बृन्दावन पवित्र यमुना किनारमा अवस्थित हरियाली नै हरियाली भएको ठूलो मनमोहक बगैंचा होला जहाँ भगवान कृष्णलाई समर्पित सुन्दर मन्दिरहरू होलान्, धर्मशाला होलान्, जहाँ भारतका विभिन्न ठाउँबाट वृद्धा, यौवना, विधवा भगवान कृष्णको भजन गर्दै बाँकी जीवन सुखसाथ बिताउन आउने थलो होला भन्ने लागेको थियो ।
ड्राइभरले पण्डित र बाँदरबाट जोगिन खबरदारी गरेको थियो । ट्याक्सी स्ट्याण्डबाट ड्राइभरले भारु ३०० मा आउनेजाने गरी मिलाइदिएको टेम्पो चढेर गयौं । जति–जति अगाडि बढ्दै गयौँ मलाई सानो छँदाको बुटवल र भैरहवा बजारको सम्झना गराइदियो । त्यही पनि मैले हेर्न जाने बाँकेबिहारी मन्दिरको कल्पना अघि वर्णन गरे जस्तै सोच्दै थिएँ । आधा बाटो पुगेपछि गल्ली गल्ली भएर पैदलै जानुपर्ने रहेछ । गल्लीमा अली अघि बढेपछि प्रहारीले जुत्ता खोल्नु भन्यो । जुत्ता राख्ने ठाउँ थिएन । जुत्ताहरू भएको ठाउँमा केही सडकबालक जस्ता देखिन्थे । सोद्धा भारु ५० लाग्छ भन्यो । त्यसैले म, ममता र ठूली नातिनी फोहोर गल्ली हुँदै गयौं ।
मान्दिर निकै साँगुरो ठाउँमा रहेछ । ठाढैबाट दर्शन गरी बल्लबल्ल छोराबुहारी भएको ठाउँमा फर्किएका थियौं । मन्दिर बन्द हुन थालेको रहेछ । कत्रो उल्लासका साथ गएको निरासा भएर फर्कियौं । बृन्दावन शहर बितेको समयसँगै स्थीर भएको अनुभव भयो । करिब यही अनुभव आग्राको पनि भयो । बृन्दावनबाट करिब डेढ घण्टापछि आग्रा पुगियो । होटल पुग्नुअघि आग्राको द साल्ट लेक क्याफे किचेन एण्ड बारमा खाना खाएर हाम्रो होटेल होवार्ड प्लाजामा चेकइन हुँदा दिउँसोको ३ बजिसकेको थियो । नातिनीहरू पौडी खेल्ने भन्दै थिए । होटलमा स्विमिङ पुल रहेछ । ड्राइभरलाई ताजमहालबाट सूर्यास्त हेर्न जानका लागि ४.३० तिर आउनू भनी पौडी खेल्न गयौं ।
सूर्यास्त यमुना नदीपारि ताजमहलको पछाडि मेहतब बागबाट हेरिने रहेछ । यहाँ पनि भारतीय पर्यटक शरह भारु २५ प्रतिव्यक्ति खुरुक्क टिकट दियो । पछाडिबाट पनि ताजमहल राम्रो देखिँदो रहेछ । हामी पुग्दा ढिला भइसकेछ, सूर्यास्त देख्न पाइएन । जाँदा बाटोमा आग्रा फोर्ट थियो तर भित्र गइएन । त्यसबेला नै अंग्रेजले जमुना नदीमाथि तल गाडी हिँड्ने माथि रेल हिँड्ने पुल बनाएको रहेछ । रातिको खाना पिन्च अफ स्पाइसमा भयो ।
चौथो दिन बिहान नास्ता गरी ताज महल हेर्ने र त्यही बाटो जयपुर जाने भनेर होटलबाट चेक आउट भयौँ । ताजमहल पस्ने पश्चिम गेट होटलबाट नजिकै रहेछ । गेटबाट करिब एक किलोमिटर हिँडेर टिकटका लागि लाइनमा बसेँ । प्रायजसो ग्रामीण क्षेत्रबाट आएकाहरू जस्ता देखिन्थे लाइनलाग्नेहरू । आधा घण्टा कुरेपछि चारवटा टिकट मागेको त परिचयपत्र माग्यो । ताजमहल क्षेत्र पस्न केवल भारु ५० र ताजमहलभित्रै पस्नका लागि भारु २४५ लाग्ने रहेछ । पासपोर्ट गाडीमा राखेकोले लिन गएँ ।
पछि पासपोर्ट देखाएपछि सार्क मुलुकको नागरिकका लागि भारु ७४० रहेछ । भित्र गएपछि आनन्दै भयो भव्य ताजमहल भित्रबाहिर दुवै ठाउँबाट हेर्दा । निकै ठूलो जग्गा ओगटेको रहेछ, निकै हिँड्नुपर्ने । घाम लागे पनि त्यति गर्मी नभएकाले सजिलै भयो । सानी नातिनी यशना मेरो हात समातेर भित्र ताजमहल पस्ने अर्को कम्पाउण्डदेखि गाडी चड्न आँउदासम्म करिब दुई किलोमिटर आफैं हिँडी । यतिबेलासम्म ११ बजिसकेछ ।
ताजमहलबाट निस्केर जयपुर लाग्यौं । बाटोको दृश्य हिजो दिल्ली आउँदाको जस्तै रहेछ । डेढ बजेतिर राजस्थानमा पर्ने सर्भिस सेन्टरमा दिउँसोको खाना खान रोकियौं । यहाँ राजस्थानी हस्ताकलाको निकै ठूलो सोरुम रहेछ । बार्गेनिङ गर्न सक्नुपर्ने रहेछ । जयपुरमा होटल फेर्न पुग्दा चार बजेको थियो । ड्राइभरलाई आराम गर्नू भनेर पठाइदियौं र छतमा भएको स्विमिङ पुलमा पौडी खेल्न गयौं । होटलबाट हेर्दा शहर राम्रै देखिन्थ्यो । बाटाघाटा फराकिला राम्रै थिए फोहोर भए पनि । माथि भने जस्तै फुट्पाथको हालत हिँड्नै नहुने । नजिकतिर खाने रेस्टुरा पसल कतै नदेखिने । भोलिपल्ट घुमघाम सिद्धिएपछि होटलकै साइडतिर करिब एक सय मिटर दूरीमा रहेको डेपार्टमेन्ट स्टोरमा जाँदा दुई–दुईवटा मान्छे पस्ने खाल्टोबाट जोगिएर आउजाउ गरियो ।
पाँचौं दिन बिहानको नास्ता खाएर डाँडाको टुप्पोमा रहेको अम्बेर फोर्ट हेर्न गयौं । राजपूत महाराजा मानसिंहबाट निर्माण गरिएको यो दरबार स्थानीय र मुगलकालीन इस्लामिक शैलीमा बनेको छ । ठूलो, भव्य, सुन्दर र विलासितापूर्ण छ । यहाँ भारतीयलाई सय र सार्कका नागरिकहरूलाई पाँच सय प्रवेश शुल्क लाग्छ । सिँगारिएका हात्ती चढ्न चहानेहरूका लागि हात्ती पनि रहेछन् । अरू देशका राजा महाराजा भेट्ने र आफ्ना खास खास मान्छेसँग समय बिताउने शिसमहल सबैभन्दा आलिशान र सुन्दर रहेछ । बाटो वरिपरि अझै खरले छाएका झोपडी देख्दा त्यस समयमा राजा महाराजाहरू, मुसलमान सुल्तानहरू, मुगल बादशाहहरूले आफ्नो सुखसयलका लागि जनताको खुबै शोषण गरेको अड्कल गर्न सकिन्छ ।
फर्कंदा जलमहलको नजिक ठूली नातिनी र बिक्कीले ऊँट चढेर आनन्द लिए । सानीले चढ्न मानिन । यो दरबार क्षेत्रलाई राम्ररी संरक्षण गरिएको अनुभव गरियो । अम्बेर फोर्टबाट फर्केर बाटामा परेको सरकारी हस्ताकला पसलमा पस्यौं । एउटा सरस्वतीको अष्टधातुबाट बनेको मूर्ती मन प¥यो जयपुरको चिनोको रूपमा लिन । बार्गेन गर्दा बल्ल बल्ल ५०० घटाइदियो तर रसिद दिन मानेन । त्यही बाटो पर्यटकहरूले खाने रेस्टुरामा खाएपछि सिटी म्युजियम नामको अर्को दरबार हेर्न गइयो । जयपुर शहरभित्रै रहेछ । विशाल आलिशान भए पनि अम्बेर फोर्ट हेरेपछि त्यति भव्य लागेन ।
राजामहाराजले प्रयोग गरेका लुगा लत्ता, सामानहरूको संग्रह हेरेपछि हतियारको संग्रह हेरियो । हतियारहरू प्राचीन नभएर १९औं शताब्दीपछि प्रयोग गरिएका हतियारको बाहुल्य थियो । बन्दुक र तोप पनि रहेछन् । जन्तरमन्तर र हवामहल नजिकै रहेछ । हेर्न जाना मन लागेन होटल फर्केर पौडी खेल्न गयौँ । ड्राइभरलाई पनि भोलि दिल्ली फर्कन सात बजे नै आउनू भनेर छुट्टी दियौं । भारत पुगेको छैटौं दिन अक्टोबर १४ गते बिहानै अर्कै बाटो भएर दिल्लीतिर लाग्यौं । यो बाटो गुरगाउँ भएर जाने रहेछ ।
भारतीयहरूले बेलायती विरासत पाएका भए पनि समग्रमा उनीहरूको व्यवस्थापन अलि तारतरम्य नमिलेको गञ्जागोल जस्तो लाग्यो । सायद त्यतैतिरको सामिप्यले होला नेपालको खाका कोर्न हाम्रा नेताले त्यही देखे, त्यही अनुशरण गर्ने कोसिस गरे ।
बैंगलोरपछि आइटीका लागि प्रसिद्ध यो शहर भएर जान पाउँदा खुशी लाग्यो । सडक आग्रादेखि जयपुर जाँदाजस्तै आठ लेनको रहेछ तर धेरै खाल्टखुल्टीहरू भएको, बिग्रेको र व्यस्त रहेछ । भारतीय शैलीका कन्टेनर ट्रकहरू पनि फाट्टफुट्ट देखिन थाले । यतातिर खरले छाएका छाप्राहरू पनि बाटो छेउछाउ अलिक बढी नै देखिन्थे । डेढ घण्टापछि हाइवेको सर्विस सेन्टरको ढावामा नास्ता गरियो । पहिलो र अन्तिम पटक ढावाको खानाको स्वाद लियौं । त्यहाँ विदेशी ब्राण्डको खाने ठाउँ रहेनछ ।
जतिअघि बढ्यौं बाटाको अवस्था त्यस्तै तर गाडी र ट्रकहरूको चाप बढ्दै गएको देख्यौं । जयपुर जाँदाभन्दा यतातिर आर्थिक, व्यापरिक गतिविधि अलि बढेको हो कि जस्तो लाग्यो । राजस्थानको सीमा छोडेर हरियाणा प्रान्त छिरेपछि गुडगाउँ पुग्दा दुईवटा कारखाना र फट्टफुट्ट केही अग्ला एपार्टमेन्ट बिल्डिङहरू देखिए । गुरगाउँ पुग्दा दुई-तीनवटा आधुनिक सिसैसिसाका गगनचुम्बी महल देखिए । सायद शहरी इलाका र कारखानाहरू हाइवेबाट टाढै थिए होलान् हामीले विशेष देख्न पाएनौं । त्यहाँबाट दिल्ली विमानस्थल हुँदै नेहरू प्लेसमा बहेको होटल पुग्दा दिउँसोको दुई बजेको थियो ।
घुमेका शहर खास आधुनिक लागेनन् । बजारहरू र कलकारखाना त्यति देखिएनन् । सातौं दिन अक्टोबर १५ तारिक दिउँसो ४.२० को नेपाल वायुसेवाबाट घर फर्कनेवाला थियौं । होटलमा नास्ता गरेर चेकआउट भएर कनौटप्लेसतिर लाग्यौं । शनिबार भएर होला पसलहरू फाट्टफुट्ट खुलेका थिए । बल्ल यहाँ आएपछि धक फुकाएर पुटपाथमा हिँड्न पाइयो । विदेशी ब्राण्डहरूका पसलहरू टन्नै रहेछन् । ममता र महिमा किनमेल गर्न लागे भने म जति सक्दो हेर्न र हिँडन लागेँ । बिक्की छोरीहरूसँगै गाडीमा बस्यो । अंग्रेजहरूले त्यो जमानामा निर्माण गरेको ठाउँ पैदल यात्री, गाडी हिँड्न पार्किङ गर्न र ग्राहकलाई किनमेल गर्न सुविधाजनक भएको, बाटो, भवन, बगँैचा एक आपसमा तारतरम्य मिलेको सुन्दर लाग्यो ।
त्यही मौकामा दिल्लीको भूमिगत मेट्रो स्टेसन हेर्न भ्याइयो । रूखहरू पनि तुलनात्मक रूपमा कम र नझाँगिएकाले खुला देखिने । भवनहरू भने मरमत सम्भार गर्नुपर्ने अवस्थामा रहेछन् । नेपालका लागि उड्ने समय हुन थालेछ । हतार हतार विमानस्थल पुगेर ड्राइभरको हिसाब चुक्ता गरिदियौं । दिनुपर्ने पैसा र सर्तहरू साथीले भनिसक्नुभएको थियो । ड्राइभरको बस्ने खाने, पार्किङ र सडक शुल्क उसैको जिम्मा थियो । बीचमा पैसा पनि मागेन एकै पटक छुट्टिने बेलामा दियौं । अतिरिक्त पैसाका लागि कचकच पनि गरेन । हामीलाई राम्रो र खुशी लाग्यो ।
एक हप्ताको भ्रमण अनुभवमा भारतीयहरूले बेलायती विरासत पाएका भए पनि समग्रमा उनीहरूको व्यवस्थापन अलि तारतरम्य नमिलेको गञ्जागोल जस्तो लाग्यो । सायद त्यतैतिरको सामिप्यले होला नेपालको खाका कोर्न हाम्रा नेताले त्यही देखे, त्यही अनुशरण गर्ने कोसिस गरे । यी तीन शहरहरूलाई मात्र हेर्दा शहरको अधुनिकीकरण, सडक सञ्जाल, यातायतका साधन, जनसुविधा, सरसफाइ, आर्थिक, प्राविधिक र औद्यौगिक विकासमा भारत–चीनभन्दा करिब पन्ध्र-बीस वर्षपछाडि रहेको जस्तो लाग्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच