चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आज (शुक्रबार) बिहान साढे ३ बजे काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोकिएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको लयाटी बिन्द्रासैनीका २५ वर्षीय सरोज रोकाया र काठमाडौंका ३२ वर्षीय सरोज माझी रहेको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचार क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । ट्रकसहित चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच