अब हरेक आइतबार ‘श्रमिकसँग मन्त्री’ टेलिफोन संवाद

Read Time = 1 min

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार प्रत्यक्षरूपमा श्रमिकका उजुरी तथा गुनासो सुन्नुहुने भएको छ । मन्त्रालयले प्रत्येक आइतबार ‘श्रमिकसँग मन्त्री’ कार्यक्रममार्फत् सरोकारवालासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम रहेको जनाएको छ ।

कार्यक्रम प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने र कार्यक्रममा स्वदेशबाट सम्पर्क गर्दा ११४१ र १६६००१५००५ नम्बरमा डायल गरेर निःशुल्क संवाद गर्न सकिने मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै विदेशमा रहेका नेपालीले भने सशुल्क ००९७-१-५९७००८ मा कल गरेर जानकारी, उजुरी तथा गुनासो राख्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?