अँगालोले कम गर्छ तनाव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अँगालो मार्नाले तनाव कम गर्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । मुस्किल परिस्थितिमा यदि कसैले तपाइँलाई अँगालो मारेर सहानुभूति जनाउँछ भने तनाव कम महसुस हुने रिसर्चले पुष्टि गरेको छ । यस्तो महिलाको सन्दर्भमा अझ बढी लागू हुने बताइएको छ । ७६ जनामा गरिएको रिसर्चमा यस्तो कुरा सामने आएको हो । महिलालाई अँगालो मार्नाले ‘कोर्टिसोल’ नामको हार्मोन कम उत्पादन हुन्छ । तर, यो कुनै पुरुषमा अँगालो मार्दा यस्तो नहुने अध्ययनले जनाएको छ ।

अमेरिकाको एरिजोना युनिभर्सिटीमा गरिएको अध्ययनका अनुसार कुनै व्यक्तिले स्नेहपूर्वक अँगालो लगाएमा अक्सिटोसिन नामको हार्मोन उत्पादन हुन्छ जसले तनावलाई कम गर्दछ ।

सन् २०१८ मा पनि यस्तो रिसर्च गरिएको थियो । यसमा भनिएको थियो कि, कुनै नकारात्मक घटनापछि आफ्ना नजिकका व्यक्तिसँग अँगालो हाल्दा धेरै राहतको महसुस हुने गर्दछ । वैज्ञानिकहरूको यस्तो पनि भनाइ छ कि अँगालो मार्नुभन्दा पहिला यो पनि आवश्यक छ कि तपाइँको अगाडिको व्यक्तिलाई यसको आवश्यकता छ कि छैन । यो अध्ययनको निष्कर्ष नेचर जर्नलमा प्रकाशित गरिएको छ ।

विश्वमा कुनै न कुनै समस्या नभएका व्यक्ति नै हुँदैनन्, सबैलाई कुनै न कुनै समस्याले घेरेकै हुन्छ । त्यसैले स-साना समस्यामा आत्तिएर तनावमा नआउनु नै उत्तम हुन्छ । यदि तपाइँ कुनै पनि कुराले तनावग्रस्त हुनुभयो भने त्यो तनावको कुरा आफ्नो नजिकको व्यक्तिलाई शेयर गर्नुपर्छ । यदि तपाइँले आफ्नो समस्या बाँड्नुभयो भने तपाइँमा भएको तनाव ७० प्रतिशतले कम हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?