गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक‍ प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो ।

आज गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको स्रोतले बतायो । तर सोमबारको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ ।

यसअघि प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक पेश हुने बताइएको थियो ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्नुहुने बताइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?