गण्डकीको भलिबल टोली घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । नेपाली महिलाहरूको तिजको अवसरमा हुने लामाचौर कप राष्ट्रिय भलिबलका लागि गण्डकी प्रदेश भलिबल सङ्घले महिला तथा पुरुष टिमको घोषणा गरेको छ । नवआदर्श विकास समाजको आयोजनामा भदौ १२ देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि अरुणा शाही र हरि पाण्डेको कप्तानीमा महिला र पुरुष टोलीको घोषणा गरेको हो ।

गण्डकी प्रदेश भलिबल सङ्घका महासचिव टहलसिंह थापाका अनुसार अरुणा कप्तान रहेको महिला टिममा रेविना घर्ती मगर, सुस्मिता पुन, पवित्रा सिर्पाली, मनिषा तिलिजा, पूजासेन ठकुरी, सारा पुर्जा, साइन थापा, एलिसा रोका मगर, तिर्सना बराल, हिमाली रोका र काजल छन्त्याल छनोट हुनुभएको छ । यस्तै वैकल्पिक खेलाडीमा रेखा राना, अर्पणा खाँण र एलिना गुरुङ रहनुभएको छ ।

महिलातर्फको छनोटमा म्याग्दीबाट आठ, बागलुङबाट दुई, कास्कीबाट दुई, मुस्ताङबाट एक, पर्वतबाट दुई, स्याङ्जाबाट तीन र तनहुँबाट दुईजना गरी कुल २० जना खेलाडीको सहभागिता रहेको थियो ।

पुरुष टोलीमा हरि पाण्डे, घनश्याम चौधरी, सुजन चोखाल, हिमाल सुनारी मगर, अमृत दर्नाल, सञ्जय परियार, रवि केसी, प्रेम कुमाल, विवश आले मगर, याम क्षेत्री, सन्तोष थापा मगर र राजन दर्लामी मगर रहनुभएको छ । पुरुषतर्फको प्रशिक्षकमा रमेश केसी र टिम व्यवस्थापकमा जीवन भण्डारी रहनुभएको छ ।

छनोट समितिका संयोजक एवम् सङ्घका कार्यवाहक अध्यक्ष हरिकुमार श्रेष्ठ, प्राविधिक संयोजक नारायणबहादुर भण्डारी, प्रशिक्षक संयोजक रमेश केसी, महासचिव टहलसिंह थापा मगर र कोषाध्यक्ष जीवन भण्डारीको टोलीले खेलाडी छनोट गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?