युरोको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा विजयी सुरुवात गरेको छ । हात्तीगौंडास्थित घरेलु कोर्टमा युरोले सेन्ट जोसेफलाई १८-५ ले पराजित गर्‍यो । गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआइएस) ले अक्षरालाई ९-६ तथा काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०-१६ ले हराए ।

ब्वाइजमा संस्कृतिले ड्याफोडिललाई १२-११, एमआइएसले काष्ठमण्डपलाई २७-२४, अक्षराले ड्याफोडिललाई ३०-१६, काठमाडौं वल्र्ड स्कुलले त्रिज्योतिलाई ४०-२९ र विल्सनले बाबालाई २५-१३ ले पन्छाए ।

प्रतियोगिताको नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलजा अधिकारी र राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको ब्वाइजमा १८ तथा गल्र्समा १२ गरी ३० टिमले लिग कम नआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल भदौ १३ गते हुनेछ ।

यस्तै इडेन ब्रिज एकेडेमी (इबिए) र स्किब्सले १५औँ क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा इबिएले लालीगुराँसलाई २०-१८ ले पराजित गर्‍यो । इबिएको जितमा निखिल शाहीले १४ अङ्कको योगदान गर्नुभयो । अनुज लिम्बूको नौ अङ्कको सहयोगमा स्किब्सले ग्रिनफिल्डलाई १७-१६ ले हरायो । जुनियर ब्वाइजमै भ्याली पब्लिकले ओडिसीलाई ४२-११ ले पाखा लगायो । विजेताका विशाल परियारले १४ अङ्क जोड्नुभयो । बिएनएले लक्ष्मीपुरमाथि २३-११ को जित निकाल्यो । बिएनएका एलेक्स गुरुङले ११ स्कोर गर्नुभयो ।

सिनियर गल्र्समा ग्रिनल्यान्ड ‘ए’ ले लालीगुराँसलाई २५-१५, बिएनएले ग्रिनल्यान्ड ‘बी’ लाई १८-११ र भ्याली पब्लिकले फेरिल्यान्डलाई ३५-२२ ले पन्छाए । ग्रिनल्यान्ड ‘ए’ का परी गुरुङ र समीक्षा थापाले ११-११, बिएनएकी सुप्रिया थापा मगरले नौ तथा भ्याली पब्लिकका मुस्कान गुरुङ र एन्जल गुप्ताले ११-११ स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले ग्रिनफिल्डलाई ५३-३० तथा ग्रिनल्यान्ड ‘बी’ ले फेरिल्यान्डलाई ३०-२० ले पराजित गरे । भ्याली पब्लिकका छिरिङ लामा र ईश्वर लामाले १९-१९ तथा ग्रिनल्यान्ड ‘बी’ का शाश्वत थापाले १३ अङ्क बटुल्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?