कृत्रिम तालमा डुबेर बेपत्ता व्यक्तिको तीन दिनपछि शव फेला

सांकेतिक तस्बिर

Read Time = 1 min

दाङ । तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय)मा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ ।

घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । सोमबार दिउँसो करिब १२ बजे सो तालमा घोङ्घी खोज्न कुलो हुँदै गएका चौधरी तालमा खसेर बेपत्ता भएका थिए ।

चौधरी तालमा खसेर डुबेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो । आज सशस्त्र प्रहरी बल नेपाल नं २९ ज्वालामाई गण भालवाङका सशस्त्र प्रहरी सहायक कमल रेग्मीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले उनको शव फेला पारेको प्रहरीले जनाएको छ । चौधरीको शव ड्याममा रहेको सुकेको रुखको जरासँगै हिलोमा गाडिएको अवस्थामा फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?