वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गर्दा बिष्टको ज्यान गएको हो ।
हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको