सत्ता गठबन्धनको बैठक : सिट बाँडफाँटमा अझै भएन सहमति

Read Time = 1 min

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो ।

यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाई विनानिष्कर्ष बैठक सकिएको छ ।

सिट फाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्षनेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्षनेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति जुट्न नसकेपछि  पुनः बैठक बस्ने तयारी गठबन्धनको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन एक भएर जाने निर्णय गरेका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।

-फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?