![लुम्बिनीमा टिमुर सम्मेलन](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/timur-sammelan.jpg)
काठमाडौं । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापार नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन् । नेपाल र चीनबीच रहेका १४ मध्ये सातवटा नाका शनिबारबाट सञ्चालनमा आएका र बाँकी सातवटा नाका मौसमले अनुमति पाएपछि छिट्टै खुल्ने नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङले जानकारी गराउनुभएको छ । साथै, राजदूत सोङले सीमापार व्यापारलाई यो कदमले बढवा दिने सामाजिक सञ्जालमार्फत खुसी बाँड्दै लेख्नुभएको छ । ‘यसले सीमापार व्यापारलाई निकै बढावा दिनेछ र स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउनेछ,’ उहाँले भन्नुभएको छ । नाका पुनः सञ्चालन घोषणा कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल शनिबार किमाथांका नाका पुगेको थियो ।
कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्व बीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा आएका हुन् । कोभिड-१९ फैलने डरले चीन सरकारले किमाथांकासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको थियो । परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले गत चैतमा गर्नुभएको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल-चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो ।
रसुवागढी-केरुङ, तातोपानी-झाङ्मु, यारी-पुरान तथा नेचुङ-लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेका छन् । ताप्लेजुङको टिप्तला नाका पनि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । विसं २०७६ माघ ५ गतेदेखि बन्द रहेको किमाथांका नाका खुलेसँगै स्थानीय स्तरमा ठूलो उत्साह बढेको छ । नाका खुलेको खुसियालीमा शनिबार भोटखोला क्षेत्रमा ठूलो व्यापार मेला आयोजना गरिएको थियो ।
नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएको थियो । भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए । नेपालमा चौँरी तथा भेडाका लागि खर्कको अभाव छ । चीनको तिब्बत क्षेत्रमा रहेका खर्कमा उत्तरी सीमावर्ती क्षेत्रका स्थानीयले चौरी तथा भेडा चराउने गरेका थिए । किमाथांका नाकाबाट मुख्य गरी स्थानीय उत्पादन तथा दैनिक जीविकाका सामग्रीको व्यापार हुँदै आएको थियो । किमाथांका नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । सीमावर्ती क्षेत्रका स्थानीयले दैनिक आवश्यकताका वस्तु चिनियाँ बजारमा खरिद गरेर ल्याउने गरेका थिए । चीनले यसअघि देखि नै नेपालका चौरी तथा भेडालाई तिब्बतका खर्कमा चरन सुविधा उपलब्ध गराउँदै आएको थियो । यसका लागि दुवै देशबीच सहमति भएको थियो । कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती बासिन्दाले चरन सुविधा पनि गुमाएका थिए ।
सरकारी कार्यालय स्थापना गरिँदै
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सीमा नाका खुल्ने तयारीसँगै आवश्यक सरकारी कार्यालय पुनःस्थापनाको प्रक्रिया अघि बढेको बताउनुभयो । तत्कालका अस्थायी रूपमा सीमा प्रशासन कार्यालय स्थापना गरिने र आगामी आर्थिक वर्षको सुरुआतसँगै आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिने उहाँको भनाइ छ । आगामी साउन १ गतेदेखि किमाथांकादेखि नै सेवा प्रवाह गर्नेगरी तयारी थालिएको प्रजिअ खड्काले जानकारी दिनुभयो । विसं २०३५ मा किमाथांकामा सीमा प्रशासन स्थापना भएको थियो । द्वन्द्वका कारण २०५७ सालमा सीमा प्रशासन कार्यालय विस्थापित भएर सदरमुकाममा झरेको थियो । सीमा नाका सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलावासीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटक-पटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच