खुला स्नुकर भदौ अन्तिम साता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । छोर्तेन स्नुकर क्लबको आयोजनामा दोस्रो संस्करणको गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । दोस्रो संस्करणको प्रतियोगिता भदौ २५ गतेबाट हुने आयोजकले जानकारी दिएको हो । प्रतियोगितालाई नेपाल विलियडस, स्नुकर तथा पुल सङ्घको प्राविधिक सहयोग रहेको नेपाल बिलियर्ड, स्नुकर तथा पुल सङ्घका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी गराउनुभयो ।

यो प्रतियोगिता हालसम्मकै ठूलो धनराशिको हो । प्रतियोगितामा २५६ भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले जानकारी गराउनुभयो । प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्नेछ । दोस्रो हुनेले एक लाख ११ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ । तेस्रो हुने दुई खेलाडीले समान ५१ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै सेन्सर ब्रेक (एक सयभन्दा माथि) गर्नेले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । हाइयस्ट ब्रेक (८० ब्रेकभन्दा माथि) ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले १५ हजार, उदीयमान र अनुशासित खेलाडीले समान ११ हजार रुपैयाँ हात पार्नेछ । यस्तै क्वाटरफाइनलमा खेलेका आठ खेलाडीले पनि समान ११ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष १६ खेलेकाले सिक्टिन बक्स प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?