महोत्तरीमा शिक्षकको कुटाइबाट ६ कक्षामा पढ्ने छात्रा घाइते

Read Time = 2 mins

महोत्तरी । औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्यणरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा ६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

कक्षा ६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनी मातेर निर्घात कुटेको गरेको परिवारको आरोप छ । बलिकाको शरीरभरी लठ्ठीको सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।

विद्यालयले पनि शिक्षक यादवले कुटेको स्वीकार गरेको छ । कुटाईपछि हो-हल्ला भएपछि अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । 'विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ।' बलिकाका बुबा साजेन्द्र महराले भन्नुभयाे । 'हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहान्छौँ ।'

'शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन ।' उनकी आमा सुन्दरकलाले भन्नुभयो ।

प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।
विशाल बस्नेत/न्युज कारखाना

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?