तेस्रो टी-२० मा आज केन्यासँग खेल्दै नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल र केन्याबीचको पाँच खेलको टी-२० सिरिजमा आज तेस्रो खेल हुँदैछ। केन्याको नैरोबीस्थित जिमखाना मैदानमा हुने खेल दिउँस ३:४५ बजे सुरू हुनेछ।

कमजोर मानिएको केन्याविरुद्ध पाँचै खेल जितेर आईसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयाता उकास्ने लक्ष्य लिएको नेपाल दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । यससँगै नेपालको वरीयाता उकास्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ ।

पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-१ को बराबरी भएको छ । दुबै टोली दोस्रो जितको खोजीमा छन् ।

गत बिहीबार सम्पन्न पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । तर, शुक्रबार दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।

६ दिनको अन्तरमा पाँच टी-२० खेल्न लागेको नेपालले चौथो खेल भोलि र पाँचौ खेल पर्सी खेल्नेछ।

यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?