प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीमा पर्ने यो पर्व नेपाली जन-जीवनमा एउटा महत्वपूर्ण र आफ्नै मौलिकता बोकेको पर्व हो । यो बालाचतृर्दशीको पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरूले वर्णन गरेका छन् । हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृग रूप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिंड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा एउटा धानको गेडा छरेको पनि एक रत्ति सुवर्ण छरेको बराबर हुन्छ भनी हरिणेश्वर शिवजीले आकाशमार्गबाट बताएको भनि हाम्रो शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।
बालाचुर्तर्दशीको पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरूले वर्णन गरेका छन् । हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरुप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिँड्नुभयो, विहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा प्राणी मात्रको जीवन यापनको लागि चाहिने अन्य दान गर्ने मानव जातिले छरेको एक गेडा अन्न बराबर एक तोला सुनदान गरेको पुण्य मिल्ने धार्मिक विश्वास रहदै आएको छ । शतबीज त्यस वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी बन क्षेत्रमा छर्ने चलन छ ।
शिव रूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको बीज छर्नुभयो । केही हप्तापछि छरिएका बिउहरू उम्रिएर हरियो घाँस भएपछि घाँस देखेर मृगहरू लोभिएर आउन थाले । आएका मृगमध्ये मृग रूपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो ।
यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ । शतबीज छर्ने पर्वको परम्परा कहिलेबाट बस्यो भन्ने जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक बनमा आई अत्यन्त आकर्षक मृगरूप धारण गरी वर्षौंवर्ष बितेको पत्तै भएन । माता पार्वतीलगायत समस्त देवीदेवताहरूलाई ज्यादै पिर पर्यो । भोलेबाबा कहाँ हुनुहुन्छ भनी दिव्य दृष्टिले हेर्दा त भगवान् मृग रूप धारण गरी पशुपति क्षेत्रमा वनविहार गरी रहनुभएको देवी पार्वतीले थाहा पाउनुभयो ।
शिव रूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको बीज छर्नुभयो । केही हप्तापछि छरिएका बिउहरू उम्रिएर हरियो घाँस भएपछि घाँस देखेर मृगहरू लोभिएर आउन थाले । आएका मृगमध्ये मृग रूपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरुवात भएको सद्बीज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति बन्यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहने छ ।
शतबीज भन्नाले खास गरी सात चिजका गेडागुडीहरू भन्ने बुझिन्छ । यी शतबीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सरस्र्यू, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्दछन् । शतबीज छर्न नेपाल अधिराज्यका विभिन्न भागहरू लगायत मित्रराष्ट्र भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । मानिसहरू आउँछन् त्रयोदशीका दिन महाद्विप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिँड्छन् । यसदिन टाडा जान असमर्थ कतिपयले नजिकको तीर्थ स्थल मन्दिर, देवालयमा गई शिव प्रार्थना गरी रातभर जाग्राम बस्ने प्रचलन पनि जनसमुदायमा विद्यमान छ ।
शतबीज छरिसकेपछि खीर, फलाहार, दही, चिउरा, पुलाउ इत्यादि मिष्ठान्न पदार्थ भोजन गरी खैँजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन-कीर्तन गाइने परम्परा नेपाली समाजमा विद्यमान छ । हाम्रो समाजमा दुई थरी विश्वास बोकेका मानिसहरूको शतबीज छर्ने प्रचलन छ । एकथरी अधिल्ला वर्षहरूमा आफ्नो परिवारजनको स्वर्गरोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबीज छर्दै चिरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशा गर्दछन् । सार्वजनिक रूपले शतबीज छर्ने अधिल्लो दिन अर्थात् मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई मूल्यवान् गरगहना पहिराइन्छ । सक्कली एकमुखे रुद्राक्ष, नागमणि जस्ता वस्तुहरू ढुकुटीबाट झिकिन्छन् ।
त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रात झैँ सुनिन्छ । कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुकजस्तो गाढा अन्धकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहे झैँ देखिन्छ । अनि चतुर्दशीको दिन चाहिँ बिहान सबेरै महादीप वा दीप लगेर बागमतीमा सेलाइन्छ ।
त्यसरी झिकिएका वस्तुहरू मार्ग कृष्णऔंसीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबीज छरिन्छ । जसलाई ‘कएन्या’ भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबीज छर्ने कार्य समाप्त हुन्छ । बालाचर्तुदशीको दिनदेखि पशुपतिनाथलाई तचातो स्नान गराउँछ । तातो पानीले गराइन्छ । चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ । शतबीज छर्दा महत्व बुझ्नेहरू सबेरै बाग्मतीमा नुहाएर ‘सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधते’ भनी मन्त्र पढ्दै शतबीज छदर्छन् ।
शतबीज छर्नेहरूको धुइँचोसँगै काठमाडौं उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो । यस दिन बौद्धवलम्बीहरू स्वयम्भूमा शतबीज छर्न धाउने गर्छन् । पितृहरूको नाममा लामा, शेर्पा, तामाङ, गुरुङ आदि जनजातिहरूले अन्न, फलफूल छर्ने गरको पाइन्छ । सो दिनमा देवताहरूको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनीहरूको छ । देवताहरूको पनि देवता पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्वपूर्ण मन्दिरहरूमा पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ । मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाश डाँडाको मृगस्थलीमा मानिसको रेलो लाग्न थाल्छ । पसलेहरू सकेसम्म राम्रो ठाउँ ओगटेर पाल हाली बजार बसाल्न थाल्छन् ।
अनि अरू यात्रुहरू जहाँ जहाँ मिल्छ त्यही त्यही आफ्ना डफ्फाका साथ आसन बसाउँछन् । साँझ पर्दासम्ममा कैलाशको चौरमा खुट्टो राख्न पनि मुश्किलले पाइने स्थिति हुन्छ । साँझ परेपछि धार्मिक अनुष्ठान सुरु हुन्छ । एकातिर परिवारका मूली वा जिम्मेवार व्यक्तिहरू पशुपतिको मूल बत्तीबाट पितृका नाउँको दियो वा महाद्वीप, जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन् । अनि केही धार्मिक प्रवृत्तिका रसिक पाकाहरू पनि बैंसको स्मृतिमा भजन, चुड्का, कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन् ।
त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रात झैँ सुनिन्छ । कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुकजस्तो गाढा अन्धकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहे झैँ देखिन्छ । अनि चतुर्दशीको दिन चाहिँ बिहान सबेरै महादीप वा दीप लगेर बागमतीमा सेलाइन्छ र मानिसहरू नुवाई धुवाई पशुपतिनाथको पूजा गरी शतबीज छर्ने कार्य गर्दछन् । हाम्रो समाजमा सबैका आ–आफ्नै संस्कृति छन् । त्यस्तै गरी प्राचीन कालदेखि नै मानिआएको धर्म संस्कृतिलाई नै महत्व दिइएको पाइन्छ । यी विभिन्न धार्मिक कार्यमध्ये शतबीज छर्ने कार्य पनि एक महत्वपूर्णको परम्परा हो । त्यसैले गर्दा हिन्दुधर्मालम्बीहरू शतबीज छर्ने कार्यमा सधैँ लालयित रहेको पाइन्छ ।
यस कार्यको लागि त्रयोदशीका दिन राति पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छन् र श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ । यो पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो र हिन्दू धर्मावलम्बीहरूले यसलाई बढो हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ । यस पर्वमा धार्मिक आस्था तथा परम्पराको विश्वासको आधारमा नै शतबीज छर्ने कार्य गर्ने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच