संसद्का महासचिवले सर्वोच्चको संवैधानिक इजलासलाई लेखेको जवाफमा के छ ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्‌मा दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संसद्का महासचिवले लेखेको पत्रकार विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रश्न सोधेपछि संसद्का महासचिव डा.भरतराज गौतमले आइतबार लिखित जवाफ पठाउनु भएको छ ।

सर्वोच्चले अन्तरिम आदेश दिँदै सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशानुसार महासचिव गौतमले जवाफ पठाउनु भएको हो ।

समाचार स्रोतका अनुसार महासचिव गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उक्त प्रतिनिधिसभाको अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने दावी गर्नुभएको छ । साथै गौतमले नयाँ संसद्ले पुरानो संसद्को विजनेस ग्रहण गर्न नमिल्ने तर्कसमेत दिनुभएको छ ।

गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र पठाएपछि जबार सर्वोच्च फर्किने तयारीमा हुनुहुन्यो । तर, बार र सर्वोच्च फुलकोर्टको असहयोगले पहिलो दिन रोकिनुभएका जबरा अर्को दिन संवैधानिक इजलासले अन्तरिम आदेश दिएपछि निलम्बित अवस्थामै मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त हुनु भएको थियो ।

विवाद र महाअभियोगको सामना गर्नुभएको जबरा ६५ वर्षे उमेरहदका कारण सेवानिवृत्त हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?