शिक्षक अभावका भएका विद्यालयमा स्वयंसेवक शिक्षक खटाउँदै सिंजा गाउँपालिका

Read Time = 4 mins

-विजय रावत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउने भएको छ ।

सर्वजनिक सूचना प्रकाशित गर्दे सिंजा गाउँपालिकाले करारमा स्वयंसेवक शिक्षक पदपुर्ति गर्न लागेको गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका भित्रमा १२ वटा सामुदायिक विद्यालयका लागि अंग्रेजी, गणित र विज्ञान विषय पढाउने स्वयंसेवक शिक्षक पदपूर्तिका लागि १५ दिने सूचना आह्वान गरिएको छ । ”

शिक्षा नियमावली २०५९ को (संशोधन सहित) तथा शिक्षा सेवा आयोग नियमावली २०५७ (सशंोधन सहित ) को अधिनमा रहेर स्वयंसेवक शिक्षक भर्ना गरिने भएको छ । स्नातक तह वा प्रवीणता प्रमाणपत्र तह उर्तिण गरेकाले स्वयंसेवक शिक्षकका रुपमा काम गर्न पाउने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

शिक्षक अभाव भएका विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउने भएको छ । सामुदायिक विद्यालयको शिक्षा प्रणालीलाई गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले स्वयंसेवक शिक्षक खटाउन लागेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिकामा सबैभन्दा पहिले निर्वाचित भएर आइसकेपछि विद्यालयमा रहेका शिक्षक अभावको समस्याहरु लाई हल गर्ने र दक्ष शिक्षा प्राप्त गर्नेका लागी सो काम गर्ने गाउँपालिका लागि परेको अध्यक्ष धिताले बताउनुभयो ।

गाउँपालिकामा रहेका सबै विद्यालयको अनुगमन गरिसकेपछि शिक्षक अभावलाई समाधान गर्नेका लागी स्वयंसेवक शिक्षकको आवश्यक रहेको सिंजा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षक व्यवस्थापन मापदण्ड तथा कार्यविधि २०७९ अनुसार स्वयंसेवक शिक्षक परिचालन हुने सिंजा गाउँपालिकाले जनाएको छ । सरकारले स्वयंसेवक शिक्षक बजेट भाषणमा समेत प्रस्तुत गरेको थियो ।

गाउँपालिकाले गरेको स्वयंसेवक शिक्षक विज्ञापन यस प्रकार रहेको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?