भ्याली पब्लिक र ग्रिनल्याण्ड फाइनलमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भ्याली पब्लिक र आयोजक ग्रिनल्याण्डका दुवै टोली १५ औं क्विक्स/ग्रिनल्याण्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दुवैको सिनियर ब्वाइज/गल्र्स टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले बिएनएलाई ५६-३२ तथा ग्रिनल्याण्डले एचएचसीलाई ४२-३७ ले पराजित गरे । भ्याली पब्लिकका अनमोल गुरुङ र छिरिङ तामाङले समान २२-२२ तथा ग्रिनल्याण्डका विमल जागरीले १२ अंक जोड्नुभयो ।

सिनियर गल्र्समा भ्याली पब्लिकले सत्यसाइलाई १७-११ तथा ग्रिनल्याण्डले एचएचसीएलाई ३०-११ ले हराए । भ्याली पब्लिकका अनिता गुरुङ र एन्जल गुप्ताले समान ७-७ तथा ग्रिनल्याण्डका समीक्षा थापा र प्रियंका थापा मगरले समान ६-६ स्कोर गर्नुभयो ।

जुनियर ब्वाइजमा एलएनएले स्किब्सलाई १९-१४ तथा एन्जल्स हार्टले बिएनएलाई २९-१३ ले पाखा लगाउनुभयो । एलएनएका पदम अधिकारीले १२ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले नौ अंक जोड्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?