काठमाडौं । जे गर्छौं, नेपालमै गर्छौं भन्ने नाराका साथ विगत चार वर्षदेखि तीन युवाले सुरु गरेको स्किलसेवा (घर मर्मत संस्था) ले हालसम्म २० हजारभन्दा धेरै घरलाई सेवा प्रदान गरेको छ । कम्पनीले हाल चारभन्दा बढी युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेको जनाएको छ ।
कम्पनीले विभिन्न समस्या जस्तैः समयमा काम नसक्ने, भनेभन्दा धेरै खर्च देखाएर पैसा लिने, अदक्ष कामदारद्वारा काम लगाउनेजस्ता समस्या समाधान गर्ने लक्ष्यसाथ हाल पेन्टिङ सर्भिस लिएर आएको छ । घर रंग गर्दा विभिन्न समस्या हुने गरेका छन् । जस्तैः ठेक्का दिएको व्यक्तिले राम्रोसँग काम नगर्ने, समयमा काम नगर्ने, घरमा रहने समान व्यवस्थापन राम्रोसँग नगर्दा अमूल्य सामान फुट्ने, बिग्रिने तथा हराउनेसम्मका समस्या हुने गरेका छन् ।
कम्पनीका अनुसार भित्तामा लगाएको पेन्टले मानसिक स्वास्थ्यमा धेरै प्रभाव पर्छ । रातो सबैभन्दा तीव्र रंग हो, जसले कोठाको ऊर्जा स्तर बढाउँछ र प्रेम, जोश, क्रोध, र शक्ति उत्तेजित गर्न सक्छ । त्यस्तै रक्तचाप बढाउने, श्वासप्रश्वास गति बढाउने र मुटुको धड्कन बढाउने गर्छ । सुन्तला रंग एक ऊर्जावान रंग हो, जसले उत्साह र उमंग जगाउँछ र मानसिक गतिविधिलाई बढावा दिन्छ । सुन्तला रंग व्यायाम कोठा र खेलकुद कक्षमा उपयुक्त मानिन्छ ।
पहेंलो रंगलाई खुशीको रंग पनि भनिन्छ, जुन बैठक कोठा, बाथरुम, भान्सा र भोजन कोठामा उपयुक्त मानिन्छ । गुलावी रंगलाई प्रेमको शान्त रंग मानिन्छ, यसले रचनात्मकता शक्ति बढाउने भएकाले कार्यालय, सुत्ने कोठा र नर्सरीमा प्रयोग गर्न उपयुक्त हुन्छ । उल्लेखित तथ्यलाई ध्यानमा राखी काम गर्दा घरको पेन्टिङले जीवनमा ठूलो फरक पर्न सक्ने कम्पनीका मुख्य निर्देशक रमेश तिमिल्सिनाको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच