पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको उहाँले बताउनुभयो । निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

  • फाइल तस्बिर
  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?