सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को । पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । ९१ वर्षको उमेरमा मस्कोस्थित एक अस्पतालमा मंगलबार उहाँको निधन भएको हो ।

सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए ।

तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’,  महासचिव गुटेर्रेसले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।

उनी सन १९८५देखि १९९१सम्म सोभियत संघको सत्तामा थिए । गोर्बाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । उनले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?