अब ‘निफ’मा छनोटभएका फिल्महरु क्युएफएक्सका हलहरुमा प्रदर्शन हुने

Read Time = 4 mins

काठमाण्डौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि बुधबार सम्झौता भएको छ । निफको आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र टिम क्वेटविच पाँच बर्षको लागि सम्झौता भएको हो ।

सम्झौतामा निफका अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रवन्धक प्रशंसा पाण्डेले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्भौता अनुसार अब निफमा छनौट भएका चलचित्रहरु हलमा प्रदर्शन हुनेछन् । हाललाई निफमा छनौट भएका चलचित्रहरु काठमाडौ उपत्याकाका क्युएफएक्स हलमा प्रदर्शन हुनेछन् । भविष्यमा काठमाडौ बाहिर पनि विस्तार गर्न सकिने निफका अध्यक्ष केपी पाठकले सम्झौता हस्ताक्षरको अवसर बताउँनुभयो ।

पाठकले महोत्सवका दर्शकले पनि गुणस्तरिय रुपमा चलचित्र हेर्न पाउने कुरा उल्लेख गर्नुभयो । उक्त अवसरमा विगत ६ बर्षदेखि नियमितरुपमा आयोजना हुदै आएको निफ नेपालको एक स्तरिय अन्तराष्ट्रिय महोत्सव भएकोले यस सहकार्यले यसको उचाई अझै बढ्ने कुराटिम क्वेष्टका संचालक भाष्कर ढुंगानालेबताउनु भयो ।

‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’भन्ने नारा सहित विगत ६ बर्षदेखि नियमित रुपमा आयोजना भईरहेको निफमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिन सकिने छ । राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिष्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन सकिने छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म धधध।ाष्mिाचभभधबथ।अयmरलषाद्दण्द्दघ मार्फत पुस १०, २०७९ (डिसेम्बर २५ २०२२) सम्मलाई आवेदन दिन पाइनेछ । साथै छैटौ निफ २०२३ आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म (२०२३ मार्च १६ देखि २० तारिखसम्म) काठमाडौमा हुने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

फेष्टिभलले निर्धारण गरेको मापदण्ड अनुसार फिल्म पेश गर्नु पर्ने, सबै आवेदन डिसेम्बर २५, २०२२ को विस्तारित (अन्तिम) समय सीमा अघि गरिनु पर्ने र अन्तिम समय सीमा भन्दापछि पेश गरिएका र मापदण्डपुरा नगरिएको चलचित्रहरू स्वीकार नगरिने पाठकले बताउनुभयो ।

निफ–२०२३ पनि अघिल्ला संस्करणहरु झै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एक शसक्त फिल्म उत्सव बन्नेमा आफुहरु विश्वस्त रहेको भन्दै यस उत्सवलाई सफलतापुर्वक सम्पन्न गर्न सदा झै सबैको महत्वपुर्ण साथ र सहयोग रहनेछ अपेक्षा रहेको अध्यक्ष पाठकको भनाई थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?