आँधीखोला गाउँपालिकाद्वारा सडक छेउमा वृक्षारोपण प्रारम्भ

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले आज साउन १ गतेबाट सडक छेउमा वृक्षारोपण प्रारम्भ गरेको छ ।

नयाँ आर्थिक वर्षको शुभारम्भ वृक्षारोपणबाट गरिएको छ । वृक्षारोपण शुभारम्भ कार्यक्रममा उप्रमुख, वडाध्यक्ष, विभिन्न जनप्रतिनिधिहरु, कार्यालयका कर्मचारी, नागरिक समाज लगायत समुदायका विभिन्न व्यक्तिको उपस्थिति रहेको पालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयो ।

नागडाँडा–कार्कीनेटा सडक खण्ड अन्तर्गत सेतीदोभान पुलदेखि बाटोको दुवै साइडमा वृक्षारोपण गरिने गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । उहाँले अब नयाँ बन्ने भित्री सडकहरुमा समेत सडकको दुवै छेउमा वृक्षारोपण गरिने बताउनुभयो । उहाँले हिमालय टाइम्ससँग कुराकानी गर्दै भन्नुभयो, ‘पर्यावरणीय सन्तुलन र सडक सुन्दरताका लागि हामीले वृक्षारोपणलाई आजबाट शुभारम्भ गरेका छौं ।’

गुलमोर, कल्की, वर, पिपल लगायत विभिन्न जातका बिरुवाहरु रोपिएको अधिकृत कृष्ण पोखरेलले जानकारी दिनुभयो । जिल्ला वन कार्यालयले वृक्षारोपणका लागि बिरुवा उपलब्ध गराएको उहाँले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?