भोजपुरमा कटुवा पेस्तोलसहित एक पक्राउ

प्रतिकात्मक तस्बिर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरमा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

भोजपुरको उत्तर षडानन्द नगरपालिका-६ बाट कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा षडानन्द नगरपालिका-६ का ६७ बर्षीय कुमार चाम्लिङ रहेका १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

आइतवार बेलुकी ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानिय ब्यक्तिलाई धाक धम्कि दिई रहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पेस्तोलसहित पक्राउ परेका चाम्लिङको बिषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?