कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी २७ गते सोमबार दिउँसो १ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो।

उहाँअनुसार बैठकमा स्थानीय चुनावको समीक्षाका साथै अरु विविध एजेण्डामा पनि छलफल हुनेछ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?