भरतपुरको केराबारीमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको छ ।

पहिरोका कारण उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दुई ओटा जेसिवि प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?