विजय रावत/हिटा
जुम्ला । जुम्लाको तिला गाउँपालिका-८ स्थित जुम्लाकोट गाउँमा एक घर एक धारा निर्माण हुँदा स्थानीयवासिलाई राहत भएको छ । एउटै धारोमा घण्टौंसम्म पालो कुरेर बस्नुपर्ने बाध्यता अहिले हटेको स्थानीयबासिन्दा धनलाल बस्नेतले बताउनुभयो । २०५९ सालमा बनेको धारा जीर्ण भएको र पानीको मुहान सुकेपछि खानेपानीले काकाकुल जस्तै बनेको सो वडाको जुम्लाकोट गाउँमा अहिले एक घर एक धारा पुगेको तिला गाउँपालिका उपाध्यक्ष गेरीकला बुढाले जानकारी दिनुभयो ।
अनुकूलन कोषको आर्थिक सहयोगस वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेश नेपालद्वारा संचालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताउनुभयो ।
धारामा पानी आएर स्थानीयले खानेपानीको प्रयोग गरिसकेका छन् ।
कुल ६९ लाख ९२ हजार रुपैयाँको लागतमा खानेपानी धारा निर्माण भएको छ । २० घनमिटरको दुईवटा पानी संकलन ट्यांकी बनेका छन् । अब पानी ल्याउन टाढा जानु पर्दैन । समयको समेत बचत भएको जुम्लाकोटका स्थानीयवासी बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच