निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरू

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तेस्रो दिनको बयान सुरु भएको छ ।

जबरा तेस्रो दिनकाे बयानका लागि समितिमा उपस्थित हुनुभएको हाे । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिनुभएको छ । प्रश्नहरु लामो भएकाले समय लागेको बताइएको छ ।

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउनुभएको छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?