रेडिअन्ट प्रिक्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रेडिअन्ट चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टले एन्जल्स हार्टलाई ४४-२४ ले पराजित गर्‍यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोड्नुभयो ।

सिनियर ब्वाइजमै प्रान्जलीले आयोजक केभिकेएसएसलाई ३४-११, लोयल्टीले क्लिन्टनलाई ५८-४ र भ्याली पब्लिकले विन्डीलाई ५६-१८ ले हराउँदै प्रिक्वाटरफाइनलमा पुग्नुभयो । प्रान्जलीका तौसिन अन्सारीले १८, लोयल्टीका सन्दिप शेरचनले २० र भ्याली पब्लिकका लामा छिरिङले १३ अंक जोड्नुभयो ।

सिनियर गल्र्समा ग्रिनल्याण्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । ग्रिनल्याण्डले विन्डीलाई १७-१३ ले पाखा लगायो । ग्रिनल्याण्डकी जेनिशा श्रेष्ठले आठ स्कोर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?