प्रतिनिधि सभाको बैठक बस्दै (संभावित कार्यसूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार संसद् बैठकका लागि सम्भावित कार्यसूची बनाइएको छ।

आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसपछि आजै यसका लागि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ भने उक्त विधेयक पारितका लागि पनि आजै प्रस्ताव प्रस्तुत हुनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?