काठमाडौं । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ जना फेन्सिङ खेलाडी छनोट भएका छन् । काठमाडौं फेन्सिङ एकेडेमीमा भएको उक्त छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ तथा महिलातर्फ १२ गरी कुल २४ खेलाडी छनोट भएका हुन् । पुरुष फोयल इभेन्टमा सञ्जीव लामा, नारायण गौतम, पुरुषोत्तम खत्री र आर्यन कार्की हुनुहुन्छ ।
इपीमा ओमकार सिंह, भीष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर विधामा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र शाश्वत परियार छनोट हुनुभएको छ ।
त्यस्तै महिलाको फोयल विधातर्फ सुजाता कुँवर, गोमा आचार्य, संगीता लम्साल र अश्मिता घिसिङ हुनुहुन्छ । यसैगरी इपीतर्फ उषा खड्का, अलिशा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावर विधामा शिक्षा नापित, सोफिया चन्द, विनिता कार्की र आकी प्रजापती रहनुभएको छ । छनोट भएका खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रमाणपत्र वितरण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच