सर्लाहीको नयाँ रोडमा सेञ्चुरीको शाखा

Read Time = 1 min

सर्लाही । सेञ्चुरी कमर्सियल बैंकले मंगलबार सर्लाहीको हरिवन नगरपालिका–१० स्थित नयाँ रोडमा शाखा स्थापना गरेको छ । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले शाखा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैद्यलगायत बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको बताइएको छ । २०७९ असार मसान्तसम्ममा एक खर्ब एक अर्ब ४० करोड निक्षेप संकलन र ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी एक अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न बैंक सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?