दुर्घटनाग्रस्त जहाजमा ७२ मध्ये १५ जना विदेशी नागरिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज दुर्घटना भएको छ ।
आईतवार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमानस्थल दुर्घटना भएको हो । विमानमा कुल ७२ जना रहेको बताइएको छ ।

चालक दलका सदस्यसहित कुल ७२ जना विमानमा रहेको प्रहरीले बताएको छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा १० बजेर ५४ मिनेट जाँदा फेवा खोचमा दुर्घटना भएको हो ।

विमानमा ५३ जना स्वदेशी र १५ जना विदेशी नागरिक रहेका थिए । अहिले विमान दुर्घटनास्थलमा उद्धार कार्य जारी छ । अहिले दुई हेलिकप्टरबाट उद्धार कार्य जारी रहेको छ । जहाज के कारणले दुर्घटना भयो भन्ने बारेमा भने अध्ययन भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?