ट्रसद्वारा मन्त्रिमण्डल गठन

Read Time = 2 mins

लण्डन । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले मन्त्रिमण्डल गठन गर्नुभएको छ । बेलायतकी नवनियुक्त प्रधानमन्त्री ट्रसले मन्त्रिमण्डलमा क्वासी क्वार्टेङलाई अर्थमन्त्री बनाउनुभएको छ भने जेम्स क्लेभर्लीलाई विदेश मन्त्री बनाउनुभएको हो ।

यस्तै उहाँले गृहको जिम्मेवारी सुएला ब्रेभरम्यानलाई दिनुभएको छ भने आफ्नी निकटकी साथी रहनुभएकी थेरेसा कोफीलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री बनाउनुभएको छ । प्रधानमन्त्रीको दौडमा पराजित ऋषि सुनकलाई पनि मन्त्रिमण्डलमा जिम्मेवारी दिइने जनाइएको छ ।

उहाँले मन्त्रिमण्डलमा पूर्ववर्ती जोन्सन सरकारका मन्त्रीहरूलाई पनि समावेश गर्नुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ट्रसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरी सहयोग निरन्तर रहने बचनसमेत दिनुभएको जनाइएको छ ।

उहाँ बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुनुहुन्छ । यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे ले बेलायतमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ । ४० वर्षमा बेलायतको मुद्रास्फीति सबैभन्दा उच्च छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?