काठमाडौं । नेपालमा ड्रोन क्षेत्रको वस्तुस्थितिको क्षमता विश्लेषण एवं मूल्यांकन परियोजना शुभारम्भ भएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा द वल्र्ड बैंक नेपाल एवं नेपाल फ्लाइङ ल्याब्सले मंगलबार नेपालको ड्रोन क्षेत्रको मूल्यांकनसम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालामा सो क्षेत्रको नीति निर्माण तहमा कार्यरत निकाय गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायतका निकायको सहभागिता थियो ।
नेपालमा ड्रोन क्षेत्रको उल्लेखनीय रूपमा २०७२ सालको महाभूकम्पपछि मात्र विकास हुँदै आएको र सोही बेला ड्रोन उडानमा प्रयोग भएको ड्रोन प्रविधिका कारणले नै सरकारले ‘मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि, २०७५ निर्माण गरेको नेपाल फ्लाइङ ल्याब्सका अध्यक्ष सिद्धान्त न्यौपानेले बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हालै ड्रोन नियमन कार्यसमिति गठन भएको र कार्यसमितिले आवश्यक कार्य सुरु गरेको जानकारी दिनुभयो ।
सहभागीहरूले ड्रोन उडान स्वीकृतिमा प्रक्रियागत सुधार गरिनुपर्ने, सम्बन्धित क्षेत्रमा अध्ययन अध्यापनका लागि पाठ्यक्रममै सुधार गर्नुपर्ने आंैल्याएका थिए ।
द वल्र्ड बैंकको जलवायु परिवर्तन विज्ञ इगुनिवारी थोमसका अनुसार दक्षिण एसिया ड्रोन डाटा एकेडेमीअन्तर्गतको नेपालमा ड्रोन क्षेत्रको अवस्था विश्लेषण परियोजनालाई महत्वपूर्ण चरणका रूपमा लिइएको छ । परियोजनाले सुरुवाती चरणमा मुख्य चारवटा काम गर्दैछ ।
ड्रोन नीति तथा नियमनको अवस्था, निजी क्षेत्र, सरकारी क्षेत्र एवं शैक्षिक क्षेत्रको क्षमता विश्लेषणलगायत रहेका छन् । वल्र्ड बैंकतर्फबाट जलवायु परिवर्तनविज्ञ वसन्त पौडेलले नेपालमा ड्रोन क्षेत्रको प्रवद्र्धन एवं विकासका लागि वल्र्ड बैंक सधैँ तयार बताउनुभएको थियो ।
परियोजनाको पाँचवर्षे अवधिमा कार्यशाला प्रतिवेदन आधारभूत प्रतिवेदनका रूपमा प्रयोग गरी ड्रोन प्रविधिलाई सेवा विस्तार एवं व्यापारमा लैजानका साथै तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन, ड्रोन हृयाकाथान र ड्रोन क्षेत्र प्रवद्र्धनका थुप्रै क्रियाकलाप रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच